पहिलो दिनमै मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करीब २२ गुणा बढी आवेदन
काठमाडौं । बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।कम्पनीले ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी...


