×

काठमाडौं । मंगलवार सिईडिबि हाइड्रो डेभलपमेण्ट कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू। १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्यरेञ्ज तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिएका हुन् ।

जसमा १६ लाख ३७ हजार ६५९ जनाको योग्य आवेदन परेको थियो । उक्त आईपीओ वैशाख ३१ गते बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा २ लाख ३४ हजार ११५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमा थप ४ जनाले थप १ कित्ता शेयर पाएका हुन् । यसबाहेक १४ लाख ३ हजार ४६४ जनाको हात खाली भएको थियो ।

तपाईको प्रतिक्रिया