आजबाट मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ खुला
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि असोज २० गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता ९४ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार क...


