साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ।कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा शुक्रबार दिउसो साढे २ बजेसम्ममा १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया