गैँडाकोट।राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गैँडाकोटले दशैको अवसरमा सर्वसाधरणहरुका लागि नयाँ नोट सटहीको व्यवस्था गरेको छ ।असोज २२,२४ र २५ गते सर्वसाधरणहरुका लागि नयाँ नोट सटहीको तयारी गरिएको बैंकले जनाएको छ ।
बैंकका शाखा प्रमुख कृष्ण पन्थीले भरतपुर स्थित कार्यालयबाट एक दुई दिनमै पैसा ल्याउने र गैँडाकोटका सेवाग्राही र सर्वसाधरणहरुका लागि नयाँ नोटको प्रवन्ध गरिने तयारी भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ५, १०,२०,५० र १०० रुपैँया दरका नयाँ नोट सर्वसाधरणले प्राप्त गर्नसक्ने छन् । एकजनाले कति रुपैँयाका दरले वितरण गर्ने भन्ने बारेमा यकिन भएको छैन, पन्थीले भन्नुभयो : पैसाको उपलव्धताको आधारमा हामिले वितरण गर्नेछौ ।

तपाईको प्रतिक्रिया