भरतपुर महानगरका मेयर दाहालद्धारा जुत्ताचप्पल मेलाको अवलोकन
भरतपुर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ को अवलोकन गर्नुभएको छ । प्रमुख दाहालले बुधबार असोज १ गतेदेखी चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेलाको अवलोकन गर्नु भएको हो।
स्वदेशी उत्पानको प्रयोग र प्रबर्दन गर्ने उदेश्यले सन्चालन भएको उक्त मेलामा स्थानिय प्रतिनिधि आएर अबलोकन गर्दा आफुहरुलाई खुशी लागेको आयोजकहरुले बताएका छन् ।मेलामा सस्तो मुल्यमा बलियो जुत्ता चप्पल पाउने भएपछी ग्...


