सहकारी ठगी प्रकरण- ढोरपाटनका मेयर देवकुमार नेपाली अदालतमा
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइएको छ ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए ।
इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गर...


