काठमाडौं- एमालेले सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले गरेको हो।एमाले महासचिव शंकर पोखरेलले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको बताए।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि आह्वान गरेका छन्।सरकारी कोषमा नेपाली कांग्रेसले पनि ५० लाख रुपैयाँ दिने गत आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेको थियो।



उज्यालो खबर




