×

काठमाडौं- पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्ड  शुक्रबार ५०० रुपैयो बढेको छ ।

सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।

 

तपाईको प्रतिक्रिया