×

अन्तर्राष्ट्रिय/प्रबास

ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् । यस्तै अर्जेन्टिन...

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् ।आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने ...

आईसीसी क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन
काठमाडौं ।  कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।  श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ। भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ ग...

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै
एजेन्सी । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ । सम्मेलनमा रुसले युक्रे...

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि
काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेको इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हु...

८८ पटक बिहे गर्दै ६१ वर्षका वृद्ध

८८ पटक बिहे गर्दै ६१ वर्षका वृद्ध
काठमाडौं । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् ।ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् । पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए । अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ । कान...

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरिसकेका नेपाली डाक्टर

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरिसकेका नेपाली डाक्टर
कविकिरण न्यौपाने टोकियो । नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जना र नागोयामा १ जना रहेको बताइएको छ । डाक्टरी पेसा एक संवेदनशील पेसा पनि हो । त्यसमा पनि टाउकोको डाक...

नेपाली विद्यार्थीको लागि अष्ट्रेलियाको भिसामा थप कडाई

नेपाली विद्यार्थीको लागि अष्ट्रेलियाको भिसामा थप कडाई
सिड्नी । नेपाली विद्यार्थीका लागि अष्ट्रेलियाको प्रवेशाज्ञा थप कडा पारिएको छ ।भिसा पाउन कठिन भएसँगै विद्यार्थी, व्यवसायी र अभिभावकमा यसको प्रत्यक्ष असर परेको हो । नेपाली विद्यार्थीहरुले मनलाग्दी आम्दानी देखाएर झुटा विवरणहरु बनाउनु नै यसको मुख्य कारण रहेको छ । अहिले करिब ७५ हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन् । पढाइसँगै अवसर र कमाइको पनि आकर्षणले नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया बनेको हो । तर, पछिल्लो तीन महिनादेखि नेपा...