टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघ्यो
एजेन्सी
टर्की । टर्कीमा सोमबार गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ ।अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।
टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।हिजो बिहान...


