×

काठमाडौं । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् ।ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र उनी ‘प्ले ब्वाय किंग’को नामले पनि चर्चित छन् ।

पेशाले किसान रहेका कानले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए । अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी कानको छ ।

कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनको पहिलो पत्नी त्यतिबेला १६ वर्षकी थिइन् । उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् ।

हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन सकेन । त्यति धेरै पत्नीहरुबाट उनका कति सन्तान जन्मिए त्यसको हरहिसाब पनि उनीसँग छैन ।

–एजेन्सी

तपाईको प्रतिक्रिया