×

अन्तर्राष्ट्रिय/प्रबास

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु
काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए ।केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी या...

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा

रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा
काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद सुरु भएको छ । विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परी...

अस्ट्रेलियामा कार्यक्रमको ओइरो, नक्कली कलाकारको पहिरो

अस्ट्रेलियामा कार्यक्रमको ओइरो, नक्कली कलाकारको पहिरो
हेमन्त काफ्ले सिड्नी। गत जनवरीदेखि जुलाइसम्म इन्टरटेन्टमेन्ट भिसा (सवक्लास ४०८०) मार्फत २ सय २८ जना कलाकार अस्ट्रेलिया प्रवेश गरेका छन्।हालै सार्वजनिक भएको एक तथ्यांक अनुसार पछिल्लो ६ महिनामा यसबाहेक खेलकुदका नाममा ५ जना कराते खेलाडी अस्ट्रेलिया आएका छन्। कार्यक्रमका लागि कलाकार बनेर आएका करिब एक चौथाइ नक्कली कलाकार भने अस्ट्रेलियामै भिसा परिवर्तन गरेर बस्न थालिसकेका छन्। यस्तै खेलाडी बनेर आएका ४ मध्ये दुई जना मात्र स्वदेश फर्किए।एउटा कार्यक्रमको नाममा आएर अर्को प्रयोजनमा...

नेपालीले लाइसेन्स दुरुपयोग गरेपछि अष्ट्रेलियामा गाडी चलाउन रोक

नेपालीले लाइसेन्स दुरुपयोग गरेपछि अष्ट्रेलियामा गाडी चलाउन रोक
नवलपुर ।  नेपालीले अष्ट्रेलियामा नेपाली सवारी लाइसेन्सको दुरुपयोग गरेपछि अब नेपाली लाइसेन्सको आधारमा गाडी चलाउन नपाउने भएका छन् ।आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र बाहकले गाडी चलाउन नपाउने भएका हुन् । यसअघि अष्ट्रेलिया बाहिरबाट आएका मानिसहरूले उनीहरूकै देशको लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउन पाउँदै आएका थिए । तर, पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर नोभेम्बरदेखि अस्ट्रेलियन राज्य सरकारले अन्य कुनै प...

भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान

भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान
चितवन । भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागि हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरुलाई विदाई गरिएको छ ।शुक्रबार भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गर्नु भएको हो । भरतपुर क्रिकेट क्लबका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश श्रेष्ठसहित चितवनका सिनियर टिमका खेलाडीहरु एक हप्ताको लागि राजस्थान प्रथान गरेको छ । विदाई कार्...

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउँछन्। यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। यसरी पाइने सटही सुविधाअन्तरगत एयरपोर्टमै राष्ट्र बैंकबाट स्वीकृति लिएका मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्। विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने ...

अस्ट्रेलियाको भिसा नीति फेरियो : नेपालीको आम्दानी बढ्ने, पीआर र नागरिकतामा यस्तो व्यवस्था

अस्ट्रेलियाको भिसा नीति फेरियो : नेपालीको आम्दानी बढ्ने, पीआर र नागरिकतामा यस्तो व्यवस्था
काठमाडौं । अष्ट्रेलिया सरकारले आफ्नो भिसा नीतिमा केही फेरबेदल गरेको छ। यो यही महिना (जुलाई) को १ तारिखदेखि लागू भएको छ ।कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि ठप्प आप्रवास सम्बन्धी कार्यक्रमलाई प्रधानमन्त्री स्कट मोरिसन सरकारले नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको बाटोमा अगाडि बढने नीति अनुसार परिवर्तन गरेको हो। सोही अनुसार भिसा नीतिमा भएका परिवर्तन लागूसमेत भइसकेका छन् भने केही बाँकी परिमार्जनहरू आउँदा दिनमा लागू हुने भएका छन्।सरकारले घोषणा गरेको नयाँ न...

श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन । आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्...