काठमाडौं । मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउँछन्।

यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। यसरी पाइने सटही सुविधाअन्तरगत एयरपोर्टमै राष्ट्र बैंकबाट स्वीकृति लिएका मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्।

विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने उदेश्यले यस्तो सहजिकरण गरिएको राष्ट्र बैंकको विदेशी विनिमय बिभागले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया