×

अन्तर्राष्ट्रिय/प्रबास

जापानी पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, अवस्था गम्भीर

जापानी पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, अवस्था गम्भीर
काठमाडौं।  जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार गरिएको छ।उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ। उनले आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका...

सिड्नीमा बाढीको कहरः हजारौँलाई घर छाड्न भनियो

सिड्नीमा बाढीको कहरः हजारौँलाई घर छाड्न भनियो
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् । यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो । ‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै...

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
काठमान्डौ ।  वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा ९भिसा० दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क...

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी
काठमाण्डौ ।  आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएको थियो ।आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन बनायो । भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे । आयरल्यान्डका लागि करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको...

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

एसपीपी सम्झौता अघि बढेको छैन : नेपाली सेना, नेपालकै आग्रहमा स्वीकृत भइसक्यो :अमेरिका

एसपीपी सम्झौता अघि बढेको छैन : नेपाली सेना, नेपालकै आग्रहमा स्वीकृत भइसक्यो :अमेरिका
काठमाण्डौ । नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ । अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको बताइरहँदा सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने प्रस्ट पारेको छ । नेपाली सेनाले विज्ञप्ति निकालेर नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिबद्धता जनाएको छ । सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘एसप...

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या
काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर प...

हरेक छाक चाउचाउ मात्रै खुवाएको भन्दै पत्नीसँग सम्बन्धविच्छेद

हरेक छाक चाउचाउ मात्रै खुवाएको भन्दै पत्नीसँग सम्बन्धविच्छेद
नयाँ दिल्ली । भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीलाई पारपाचुके दिएको बताएका छन् । ती न्यायाधीसले यस अनौठो मुद्दालाई एक लोकप्रिय तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन् । भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ । दि न्यु इन्डियन एक्सप्रेसका अनुसार भारतको दक्षिण पश्चिमी मैसुरु सहरस्थित गत २७ मेमा उक्त मुद्दाको बारेमा जिल्ला अदालतका मुख्य न्यायाधीस एमएल रघुन...

एउटा विचित्रको गाउँ : बलात्कारीहरू जेलमा होइन सुन्दर घरमा बस्दछन्

एउटा विचित्रको गाउँ : बलात्कारीहरू जेलमा होइन सुन्दर घरमा बस्दछन्
संसारमा बलात्कारीहरूलाई देशको कानुनअनुसार विभिन्न खालका सजायहरू दिइन्छ, जसमा जन्मकैददेखि मृत्युदण्डसम्म समेत हुने गरेका छन् । तर यो दुनियाँमा एएटा यस्तो गाउँ छ जहाँ बलात्कारीलाई जेलमा होइन सुन्दर तथा भव्य घरमा पठाइन्छ, ता कि ऊ आनन्दसँग बसोस् ।अमेरिकाको फ्लोरिडा बाहिर रहेको मिरेकल भिलेज यस्तो गाउँ हो जहाँ अपराधीहरूले आनन्द तथा सुखपूर्ण जीवन बिताइरहेका छन् । मिरेकल भिलेजमा करिब २०० बलात्कारका आरोपीहरू परिवारसँगै बस्दै आएका छन् । तीमध्ये कतिपयलाई प्रहरीले त्यहाँ लगेर राखेको छ...