×

अन्तर्राष्ट्रिय/प्रबास

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् ।चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए । ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उ...

यू-१९ प्रिमियर कप : नेपालले थप ब्याटिङ गरेन, जापानलाई १८७ रनको लक्ष्य

यू-१९ प्रिमियर कप : नेपालले थप ब्याटिङ गरेन, जापानलाई १८७ रनको लक्ष्य
काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ ।मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्‍यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र डकवर्थ लुइस  मेथडका आधारमा जपानले २५ ओभरमा १८७ रनको लक्ष्य पाएको छ ।जपानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सुरुवाती २ ओभरमा नेपालले २ विकेट लिएको छ ।

को हुन् एनआरएनए अध्यक्ष दाबी गर्ने महेश कुमार श्रेष्ठ ?

को हुन् एनआरएनए अध्यक्ष दाबी गर्ने महेश कुमार श्रेष्ठ ?
काठमाडौं । जापानलाई मुकाम बनाएर व्यवसायमा संलग्न महेशकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको आकांक्षी हुन् ।दुई दशकयता गैरआवासीय संगठनमा फरक–फरक तहमा रहेर काम गरिसकेका छन् । उनी भन्छन्, “अब नेतृत्वदायी भूमिकामा रहेर संस्थालाई थप व्यापक, विवादरहित र विश्वासयोग्य बनाउनेछु ।” सन् २००३ देखि एनआरएनएसँग आबद्ध उनी जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषध्यक्ष हुँदै उपध्याक्षको जिम्मेवारीमा छन् । गैरआवासीय नेपाली सं...

चिरञ्जीवी घिमिरेद्धारा एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी घोषणा

चिरञ्जीवी घिमिरेद्धारा एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका सचिव चिरञ्जीवी घिमिरेले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा हुने ११ औं अधिवेशनमा घिमिरेले क्यानडाबाटै उम्मेदवारी घोषणा गरेका हुन् । क्यानडाको अध्यक्ष भएर काम गरिसकेका सचिव घिमिरेले आफ्ना केही योजना पनि सार्वजनिक गरेका छन् । उपाध्यक्षका उम्मेदवार घिमिरेले गैरआवाशीय नेपालीका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता, सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोज...

इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु

इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु
काठमाडौं ।  इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ।इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिए। ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ। हामी अहिले घटनास्थलमा जाने प्रयासमा रहेका छौँ।’, सोसियल वेलफेयरलाई उदृद्ध गर्दै उनले भने। नेपाली दूतावास इजरायलले पनि घाइत...

डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै

डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै
काठमाण्डौँ । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ईडीभी कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डि।भी।चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अ...

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै
चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४:३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्...

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
चितवन । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति उपलव्ध गराउने भएको छ । विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्न लागिएको बताउनुभयो ।...

चितवन समाज साउथ अष्ट्रेलियाको अध्यक्षमा उत्तम अधिकारी निर्वाचित

चितवन समाज साउथ अष्ट्रेलियाको अध्यक्षमा उत्तम अधिकारी निर्वाचित
एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले उत्तम अधिकारीको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष अनुप चन्द्र सुवेदी, सचिव अच्युत धमला, कोषाध्यक्ष सुदर्शन उप्रेती, सह सचिव संजिव पोखरेल र सदस्यहरुमा बिकास चापागाई, राजेश अधिकारी, सागर कडेल, सुवास सापकोटा, काजल गैर्हे, सबिना आचार्य, भिम न्यौपाने, कमला खड्का रहेका छन् । साधारण सभाको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमलाले समाजलाई ...