×

अन्तर्राष्ट्रिय/प्रबास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका ...

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा...

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । आज बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताए । उनले नेपालमा अवसर छैन ...

अष्ट्रेलियाको नयाँ आप्रवासन नीतिले नेपाली विद्यार्थी मर्कामा पर्ने

अष्ट्रेलियाको नयाँ आप्रवासन नीतिले नेपाली विद्यार्थी मर्कामा पर्ने
कोभिड महामारीपछि अष्ट्रेलियामा अस्थाई आप्रवासीको सङ्ख्या अत्यधिक बढ्यो । त्यसैले त्यहाँका नागरिकले समेत बस्नको लागि घर नपाउने अवस्था सिर्जना भएको छ ।त्यो समस्या बढ्न नदिन अहिले अष्ट्रेलियन सरकारले अस्थाई आप्रवासीको सङ्ख्या घटाउनका लागि नयाँ व्यवस्था ल्याएको छ । अस्थाई आप्रवासी नागरिकमा विद्यार्थीको सङ्ख्या बढी देखिएपछि अन्तर्राष्ट्रिय विद्यार्थीको लागि कडाइ गर्ने नीति लिएको छ । नयाँ नीति अन्तर्गत अष्ट्रेलिया रहेर त्यहाँको सीप बजार र अर्थतन्त्रमा योगदान दिन नसकेका आप्रवासी ...

९१ वर्षकी काकीसँग बिहे गरेको दाबी गर्दै २३ वर्षीय युवकले गरे यस्तो माग

९१ वर्षकी काकीसँग बिहे गरेको दाबी गर्दै २३ वर्षीय युवकले गरे यस्तो माग
आमरुपमा बिहेका लागि उमेर सुहाउँदो जोडी खोजिन्छ । तर, दुनियाँमा उमेरमा आकाश पातलको अन्तर भएका विवाहित जोडी पनि छन् । यस्तै घटना अर्जेन्टिनामा भएको छ । त्यहाँ एकजना २३ वर्षीय युवकले ९१ वर्षकी वृद्धासँग बिहे गरेको घटना सार्वजनिक भएको छ । पेशाले वकिल रहेका मरिसिओले आफ्नी मृतक काकी योलान्डा टोरिसको पेन्सनमा दाबी गर्दै मुद्दा हालेका छन् । आफूले सन् २०१५ को फेब्रुअरीमा आफ्नी ९१ वर्षीया काकी योलान्डासँग बिहे गरेको उनको दाबी छ । योलान्डाको मृत्यु सन् २०१६ को अप्रिलमा भएको थियो ।...

कोहलीद्धारा रेकर्ड ब्रेक, भारतले न्युजिल्याण्डलाई दियो ३९८ रनको लक्ष्य

कोहलीद्धारा रेकर्ड ब्रेक, भारतले न्युजिल्याण्डलाई दियो ३९८ रनको लक्ष्य
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा घरेलु टिम भारतले न्युजिल्यान्डलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ। बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो। भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्।अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उन...

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ

अस्ट्रेलियामा विद्यार्थीमाथि अध्यागमनको कडाइ
काठमाडौँ । अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्। अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली विद्यार्थीहरू मारमा पर्न थालेका हुन्। पछिल्ला केही महिनादेखि नेपाली विद्यार्थीहरूको लागि पनि निकै कठिन भएको अस्ट्रेलियाको शैक्षिक गन्तव्यमा यो कडाइ नीतिले थप अप्ठ्यारो स्थिति सृजना गरेको छ। अस्ट्रेलियन ...

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।त्रिवि क्रिकेट मैदानमा टस जि...

नेपालले युएईलाई उपाधि जित्न दियो १६३ रनको लक्ष्य

नेपालले युएईलाई उपाधि जित्न दियो १६३ रनको लक्ष्य
काठमाडौं । नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १...