×

अन्तर्राष्ट्रिय/प्रबास

माछापुच्छ्रे बैंक द्वारा कतारमा सेवा बिस्तार

माछापुच्छ्रे बैंक द्वारा कतारमा सेवा बिस्तार
माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्स्चेन्ज सगँको ब्यबसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख अधिकृत बिश्वम्भर न्यौपानेले जानकारी दिनु भयो । पश्चिमाञ्चलको पहिलो क बर्गको कमर्शियल बैंक माछापुच्छ्रे बैंकले कतारबाट रेमिट्यान्स सेवासगै सम्पुर्ण बैंकिंग सेवा उपलब्ध गराउने जनाएको छ ।   कार्यक्रमम...

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन
काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए । परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoe...

अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा, नेपाली विद्यार्थी प्रभावित हुने

अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा,  नेपाली विद्यार्थी प्रभावित हुने
काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ ।क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ । कटौतीको यो प्रतिशत अन्टारियो लगायतका केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी हुनेछ । सन् २०२२ अन्तर्राष्ट्रिय...

क्यानडामा नेपाली विद्यार्थीलाई सकस , भैरहवाका विद्यार्थीको उद्धार गरि नेपाल फर्काइयो

क्यानडामा नेपाली विद्यार्थीलाई सकस , भैरहवाका विद्यार्थीको उद्धार गरि नेपाल फर्काइयो
टोरण्टो ।पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ ।सिदार्थनगर नगरपालिका वडा नं.८ का एक युवालाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो । पढ्न आएका उनको पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाए पछी डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका उनी डिप्रेसनमा पर्दै गएको उनिसङै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार र...

नेपाल-भारत विद्युत व्यापार: के हुन् ‘नेपाल-भारत’ ऊर्जा सचिवस्तरीय बैठकले गरेका आठ निर्णय ?

नेपाल-भारत विद्युत व्यापार: के हुन् ‘नेपाल-भारत’ ऊर्जा सचिवस्तरीय बैठकले गरेका आठ निर्णय ?
चितवन। नेपाल–भारत उर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिले आठ निर्णय गरेको छ । चितवनको मेघौलीमा सम्पन्न समितिको ११औं बैठकले विभिन्न आठ वटा निर्णयहरु गरेको हो । बैठकमा नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरिएको थियो । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा बैठक सम्पन्न भएको हो । अब नेपालको जलविद्युतलाई...

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने क...

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका ...

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा...

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । आज बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताए । उनले नेपालमा अवसर छैन ...