
एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले उत्तम अधिकारीको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष अनुप चन्द्र सुवेदी, सचिव अच्युत धमला, कोषाध्यक्ष सुदर्शन उप्रेती, सह सचिव संजिव पोखरेल र सदस्यहरुमा बिकास चापागाई, राजेश अधिकारी, सागर कडेल, सुवास सापकोटा, काजल गैर्हे, सबिना आचार्य, भिम न्यौपाने, कमला खड्का रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमलाले समाजलाई साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा थप क्रियाशिल हुन आग्रह गरे । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना पुर्व सह संयोजक नविन केडल, फेन्का साउथ अष्ट्रेलिया संयोजक सुरेन्द्र रेग्मी, एनआरएनए साउथ अष्ट्रेलिया सचिव गणेश पराजुली, समाजसेवी प्रेम पाठकले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सभामा निवर्तमान तदर्थसमितिका संयोजक खगेन्द्र सापकोटाले संस्था प्रगति विवरण पेश गरेका थिए । सापकोटाले संस्था दर्ता, बेवसाइट निर्माण, क्यालेर प्रकाशन लगायतका गतिविधी बारेमा जानकारी गराएका थिए । उत्तम अधिकारीले संस्थाको उद्देश्य माथी प्रकाश पारेका थिए । कुसुम खतिवडाको स्वागत मन्तव्य र कृष्ण भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
दैनिकी संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष अधिकारीले साधारण सभाबाट सर्वसम्मत कार्यसमिति निर्माण गर्न भुमिका खेल्ने सबैमा धन्यवाद व्यक्त गर्दै साउथ अष्ट्रेलिया रहेका चितवनेहरुको हितमा सक्रिय हुने साझा लक्ष्य प्राप्तिका लागी सबै समाजको गतिविधीमा सदस्य तथा शुभ चिन्तकहरु महत्वपुर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अधिकारीले भरतपुर महानगरपालिकाले २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागेकाले त्यस अभियानमा यहाँबाट पनि सक्दो सहयोगीको भुमिका निभाउने बताए ।