
काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ ।मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए ।
लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र डकवर्थ लुइस मेथडका आधारमा जपानले २५ ओभरमा १८७ रनको लक्ष्य पाएको छ ।जपानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सुरुवाती २ ओभरमा नेपालले २ विकेट लिएको छ ।