गैंडाकोटमा एक दिने घुम्ती साहित्यिक कार्यक्रम फाइनप्रिन्ट फिभर हुने
नवलपुर — पुस्तक प्रकाशन गृह फाइन प्रिन्टले नवलपुरको गैंडाकोटमा एक दिने घुम्ती साहित्यिक कार्यक्रम फाइनप्रिन्ट फिभर गर्ने भएको छ । फागुन २८ र २९ मा हुने यो कार्यक्रममा यस वर्ष फाइनप्रिन्टबाट प्रकाशित पुस्तकका लेखकहरु सहभागी हुनेछन् ।
फाइनप्रिन्टले जारी गरेको प्रेस वक्तव्यका अनुसार यसमा देवेन्द्रराज पाण्डे, बाबुराम भट्टराई, रवीन्द्र मिश्र, मनिषा कोइराला, मुराहरि पराजुली, जीवा लामिछाने, असिम सागर, निरञ्जन कुँवर, राजीव उपाध्याय र सुरेश बडाल सहभागी हुनेछन् ।
कार्यक्रममा लेख...