×

समाचार

भुलेर पनि नगर्नुस् मलमासको समयमा यी ५ काम

भुलेर पनि नगर्नुस् मलमासको समयमा यी ५ काम
काठमाडौं  । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् ।मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । ...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस
नवलपुर । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्ति...

प्याजमा नेपाली व्यापारीको मनोमानी सुरु

प्याजमा नेपाली व्यापारीको मनोमानी सुरु
 काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् । मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पु¥याइएको छ ।प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्...

६ रेक्टरको भूकम्प

६ रेक्टरको भूकम्प
गैडाकोट । काठमाडौं सहित देशका विभिन्न जिल्लामा  भूकम्पको धक्का महसुस गरिएको छ ।नवलपुर र चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

लामो दूरीका गाडी , आन्तरिक उडान र होटलहरु असोज १ बाटै खुल्ने

लामो दूरीका गाडी , आन्तरिक उडान र होटलहरु असोज १ बाटै खुल्ने
काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एउटामात्र यात्रु बस्न...

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने
काठमान्डौ ।  असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। 'स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,' एक मन्त्रीले भने, 'यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।'

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । पहिरोका कारण नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चोर खोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो ठूलो भएकाले सडक सूचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि चितवन हुदै जाने सवारी साधन र चितवन तर्फ आउने सवारी साधनहरु विचबाटोमै रोकिएका छन ।

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान
काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो  ।बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी स...