×

समाचार

अब दुई हजारमै पीसीआर टेष्ट

अब दुई हजारमै पीसीआर टेष्ट
काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

सिन्धुपाल्चोक नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

सिन्धुपाल्चोक नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी...

काठमान्डौको सडकमा विमान गुडेपछि ‍‍‍‍‌‌…..

काठमान्डौको सडकमा विमान गुडेपछि ‍‍‍‍‌‌…..
काठमाडौं । शनिबार साँझको समयम हो सडकहरु सुनसान हुँदै थिए । कोरोना भाइरस कारण मानिसहरुको भिडभाड कम नै छ । यही बेला सडकमा अनौठो दृश्य देखा प¥यो ।जब सडकमा विमान गुडेको दृश्य देखे तब स्थानीय चकित परे ।त्यो विमान आपतकालिन अवतरण गरेको पनि होइन । त्यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ । रातको समयमा चहलपहल कम भएपछि नारायणीहिटी दरबारसम्म लैजान सो विमान सडकमा गुडाइएको हो ।त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले ...

पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । पछिल्लो नेपालमा २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ...

२४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयाे । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

थप १७ प्रहरी कोरोना सङ्क्रमित

थप १७ प्रहरी कोरोना सङ्क्रमित
सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहित १७ प्रहरीलाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उहाँहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उहाँहरु होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरी...

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो
नवलपुर । नवलपुरका निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन्  । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले क...

यसकारण गरिंदैछ, मन्त्री अर्याल माथि प्रहार

यसकारण गरिंदैछ, मन्त्री अर्याल माथि प्रहार
काठमाण्डौं । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढतमपूर्वक जनपक्षीय काम सम्पादन गरिरहेकी भूमी ब्यवस्था, सहकारी तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्याल माथि पार्टी भित्रै र वाहिरबाट वेलावखत प्रहार हुँदै आएको छ । नेकपाभित्र महिला नेतृका रुपमा पहिचान स्थापित गराउदै बर्तमान मन्त्रीमण्डलमा सक्षम मन्त्रीका रुपमा जनमानसमा छाप छोड्न सफल भूमी ब्यवस्था मन्त्रीमाथि प्रहारको श्रृंखलाको पछिल्लो उदाहरण वनेको छ –कित्ताकाट खुला गरेपछिको प्रहा...