×

समाचार

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
काठमाडौं । पूूर्वि नवलपरासी क्षेत्र नम्बर १ का सांसद समेत रहनुुभएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुुभयो ।

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो । विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो । उहा...

कानुन बमोजिम ठेकदारहरुलाई कारवाही हुन्छ : मन्त्री भुसाल

कानुन बमोजिम ठेकदारहरुलाई कारवाही हुन्छ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरुको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिनुभएको छ । साथै उहाँले कानुनबमोजिम ठेकदारहरुलाई थप कारवाही गरिने बताउनु भयो । मन्त्री भुसालले आफ्नो मन्त्रालयमा सुशासनको अभियान थालनी भएको समेत दाबी गर्नुुभएको छ । सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मलेनमा मन्त्री भुसालले भन्नुभयो , ‘मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापरवाहीलाई कार्...

१८१४ जना डिस्चार्ज , ९८० जनामा कोरोना संक्रमण पुष्टि,

१८१४ जना डिस्चार्ज , ९८० जनामा कोरोना संक्रमण पुष्टि,
२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसा...

देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो । संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ
काठमाडौ । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण
जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमित हुनुभएको छ।प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हुँदा नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो ।कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेको जानकारी गर्नुभएको हो । प्रजिअ थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना...

काग्रेशका पाका नेता सिंहको निधनप्रति काग्रेश कपिलवस्तु द्धारा दुख व्यक्त

काग्रेशका पाका नेता सिंहको निधनप्रति काग्रेश कपिलवस्तु द्धारा दुख व्यक्त
कपिलवस्तु । नेपाली काग्रेश कपिलवस्तु प्रतिनिधि सभा क्षे.नं. २ प्रदेश सभा निर्वाचन क्षे. नं. र्१ क’ का सभापति एंवम पूर्व इलाका सदस्य राजेश्वर सिंहको भाद्र १४ गते भएको निधन प्रति नेपाली काग्रेश कपिलवस्तु क्षेत्रीय समितिले गहिरो दुख ब्यक्त गरेको छ । क्षेत्रिय कार्य समितिका संचिव श्री रोमलाल खनाल द्धारा जारी शोक बक्तव्यमा सहंको निधनले सिंगो नेपाली काग्रेशलाई क्षति पुुगेको उल्लेख गरिएको छ । खनालद्धारा जारी शोक बक्तव्यमा सिंह पन्चायत कालदेखि नै बहुदल र प्रजातन्त्र पुर्नवहालीका हरे...

काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा

काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । आज वुधबार उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले थप ७ दिनका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो । भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका आजै रातीदेखि अवधि सकिँदै गर्दा थप एक साताका लागि समय बढाइएको हो । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरस संक्रमणको संख्या बढीरहेको अवस्थामा यसको नियन्त्रणका लागि थप ७ दिन निषेधाज्ञा थपिएको जनाइएको छ ।