
गैडाकोट । काठमाडौं सहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।नवलपुर र चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।