×

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ ।
यसैगरी सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया