×

समाचार

३ हजार ७४९ जनामा कोरोना पुष्टि

३ हजार ७४९ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।    

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु, छोराबुहारी भेन्टिलेटरमा

कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु, छोराबुहारी भेन्टिलेटरमा
पोखरा । घरका अभिभावक बुवा बिरामी भएर अस्पताल भर्ना भएपछि ४ छोराहरू भेट्न गइरहन्थे । कोरोना महामारीका बेला अस्पताल भर्ना भएका बुवासँगै ४ जना छोरा र परिवारका अन्य सदस्यलाई कोरोना भाइरस संक्रमण देखियो । कोरोना संक्रमणकै कारण १ हप्ताको अन्तरमा बुवा र २ छोरासहित एकै परिवारका ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ जिल्लाको भिमादको । कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको भिमाद–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । कोरोनाकै कारण जेठा छोरा र...

३ हजार ५५६ जनामा कोरोना पुष्टि

३ हजार ५५६ जनामा कोरोना  पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।  

उवासंघ टोखाको आयोजनामा बृहत रक्तदान सम्पन्न

उवासंघ टोखाको आयोजनामा बृहत रक्तदान सम्पन्न
के आर अधिकारी काठमाडौं । टोखा उद्योग वाणिज्य संघको आयोजनामा यहि असोज २४ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी , शुभदिपावली , नेपाल सम्वत, उधौली पर्व र लोसार पर्व लगायतमा रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचारको प्राबिधिक सहयोग र बसुन्धरा ब्याङकोइको मुख्य प्रयोजन रहेको थियो । सो अवसरमा टोखा नगरपालिका वडा नं. ११ का अध्यक्ष उत्तम अधिकारीले समाजिक कार्यमा टोखा उद्योग बाणिज्य संघ...

नवलपुरमा नदीमा डुुवेर एकजना बेपत्ता

नवलपुरमा नदीमा डुुवेर एकजना बेपत्ता
गैँडाकोट । नवलपरासीको बुलिङटारमा नदीमा डुवेर एकजना बेपत्ता भएका छन । बुलिङटार गाँउपालिका वडा नं. १ स्थित कालिगण्डकी नदीमा नुहाउने क्रममा सुर्खेत विरेन्द्रनगर घर भएका २२ वर्षका छत्रबहादुर शाही वेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदुर हुन । नदिमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानियबासीले खोजीकार्य गरेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

खोलाबाट गिट्टी बालुुवा चोर्ने ९ ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

खोलाबाट गिट्टी बालुुवा चोर्ने ९ ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
गैँडाकोट । पूर्वि नवलपरासीमा नदि जन्य पदार्थ उत्खनन, चोरी तस्करी गर्दै गरेका ९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिनयी त्रिबेणी गाँउपालिका वडा नं.१ र ४ मा रहेको बिनयी खोला बाट अबैध रुपमा नदि जन्य पदार्थ उत्खनन तथा चोरी तस्करी गर्दै गरेको अबस्थामा नौ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । डिएसपी मोहन बहादुर खाँडले ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटीएको प्रहरी टोलीले ती सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिनुभय...

एकैदिनमा ४ हजार ४७ जना थप संक्रमित

एकैदिनमा ४ हजार ४७ जना थप संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणम...

सरकारको आग्रह बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’

सरकारको आग्रह बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’
काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।   अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन...

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लोपटक थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । उपचारका लागि लैजाने क्रममा बुटवल–११ का ८४ वर्षीय पुरुषको कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङ वा नेपालगञ्ज रिफर गरिएको थियो । अस्पताल नपुग्दै उनले मृत्युवरण गर्नु पर्‍यो । यस्तै उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलम...