×

समाचार

चितवनकाे कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप, दुई जना गम्भीर घाइते

चितवनकाे कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप, दुई जना गम्भीर घाइते
चितवन। चितवनस्थित रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच दोहोरो झडप हुँदा चारजना घाइते भएका छन् ।नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच शुक्रबार दोहोरो झडप हुँदा चार जना घाइते भएको चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । झडपमा परी नेपाल विद्यार्थी संघका दिपेश बानियाँ र खेमराज उपाध्याय गम्भीर घाइते भएका छन् । दुवै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले बताए । अन्य दुई ...

मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य

मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
नवलपुर । गण्डकी प्रदेशमा नेपाली कांग्रेस लगायतले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन गए राति १२ बजेदेखि नै अन्त्य गरेका हुन्।मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले तयारी गरेका थिए। वैशाख १ को मिति...

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

वैशाख ११ गते धरहरा उद्घाटन गरिने
काठमाडौं  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्।भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए। भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्प...

सवारी दुर्घटनामा चार जनाको मृत्यु, वडा अध्यक्ष सहित १८ घाईते

सवारी दुर्घटनामा चार जनाको मृत्यु, वडा अध्यक्ष सहित १८ घाईते
चरिकोट । दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ९ ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३९०१९२३ च ७५८० नम्बरको गाडी राती १० बजेको समयमा दुर्घटना भएको थियो।दुर्घटनामा परि विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्यु भएको छ। दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ ...

हेटौँडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु

हेटौँडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभएको छ । उहाँका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उप...

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार साँझ बस्ने भएको छ।बालुवाटारमा साँझ पाँच बजे बस्न लागेको बैठकले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय गर्न सक्ने बुझिएको छ । शनिबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि बिभिन्न ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

फोटोग्राफी व्यवसायी भन्छन : अस्वभाविक प्रतिस्पर्धा भयो

फोटोग्राफी व्यवसायी भन्छन : अस्वभाविक प्रतिस्पर्धा भयो
चितवन । अस्वभाविक प्रतिस्पर्धाका कारण फोटोग्राफी व्यवसाय समस्यामा पर्दै गएको सरोकारवालाहरुले बताएका छन् । नयाँवर्षको अवसरमा चितवन फोटोग्राफी संघले भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमोचन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । मर्यादिन पेशा भएर पनि अस्वभाविक प्रतिस्पर्धाका कारण मूल्यमा एकरुपता ल्याउन नसकिएका कारण पेशा समस्यामा पर्दै गएको सहभागीहरुको भनाई थियो । कार्यक्रममा चितवन फोटोग्राफी संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले फोटोग्राफी व्यवसा...

पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित

पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित
काठमाडौं।नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनका विपुल पोख्रेल अध्यक्षसहित कार्यसमितिमा उनको प्यानल नै निर्वाचित भएको छ।पोख्रेलले प्रधानमन्त्री केपी ओली पक्षधर दल नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका छन्।पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत पाइन्। पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष थिए। दाङबाट पत्रकारिता थालेका पोख्रेल प्रेस युनियनमा लामो समयदेख...

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति
  चितवन  । पत्रकार महासंघ चितवनकाे आगामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चाैतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयाेजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ । चितवनको पत्रकारिता क्षेत्रकाे संस्थागत विकास, श्रमजीवी पत्रकारहरूकाे पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख ...