×

चितवन । अस्वभाविक प्रतिस्पर्धाका कारण फोटोग्राफी व्यवसाय समस्यामा पर्दै गएको सरोकारवालाहरुले बताएका छन् । नयाँवर्षको अवसरमा चितवन फोटोग्राफी संघले भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमोचन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।
मर्यादिन पेशा भएर पनि अस्वभाविक प्रतिस्पर्धाका कारण मूल्यमा एकरुपता ल्याउन नसकिएका कारण पेशा समस्यामा पर्दै गएको सहभागीहरुको भनाई थियो । कार्यक्रममा चितवन फोटोग्राफी संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले फोटोग्राफी व्यवसायको भविष्य राम्रो रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थापक अध्यक्ष गुरुङले फोटोग्राफी क्षेत्रमा चितवन अग्रस्थानमा रहेको बताउनुभयो । समय अनुसार चितवनका फोटोग्राफीगर्ने व्यवसायिहरु आफुलाई समय अनुकुल अपडेट गर्दै जानु असलपक्ष रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल फोटोग्राफी महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल, चितवन फोटोग्राफी संघका पूर्व अध्यक्ष चन्द्रकान्त ओझा, पूर्वं अध्यक्ष उत्तमचन्द्र वाग्ले, चितवन फोटोग्राफी संघका सल्लाहाकार संयोजक एवम पूर्वं कोषाध्यक्ष विष्णुप्रसाद सापकोटा, इश्वरी प्रसाद घिमिर, एसटिसी नेपालका प्रकाश सिवाकोटी, नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रीय राष्ट्रिय परिषद सदस्य सन्तकुमार चौधरी लगायतले चितवनमा फोटोग्राफीको सम्भावना र चितवन फोटोग्राफी संघले गर्दै आएको कामको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्र राष्ट्रिय परिषद् सदस्य सन्तकुमार चौधरीलाई खादा लगाएर सम्मान समेत गरिएको थियो । यो संगै चितवन फोटोग्राफी संघमा आजिवन सदस्य लिनुहुने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम चितवन फोटोग्राफी संघका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया