×

नवलपुर । गण्डकी प्रदेशमा नेपाली कांग्रेस लगायतले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन्।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन गए राति १२ बजेदेखि नै अन्त्य गरेका हुन्।मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले तयारी गरेका थिए।

वैशाख १ को मिति राखेर मुख्यमन्त्री गुरूङले प्रदेश सभा बैठक अन्त्य गर्न सिफारिस गरेका र प्रदेश प्रमुखले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।मुख्यमन्त्री गुरूङका पक्षमा नेकपा एमालेका २७ सांसद मात्रै थिए। उनले प्रदेशसभामा बहुमत देखाउन तीन सांसद चाहिन्थ्यो।

हेर्नुस् पत्र

तपाईको प्रतिक्रिया