×

समाचार

लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै
काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रमा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवा...

कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक

कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक
ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ ।मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयो। मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो ।प्रमुख जिल्ला अधिकारी...

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाण्डौ - आज लोकतन्त्र दिवस । २०६२र६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ ।१५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत...

धरहराको उद्घाटन आज, तत्काल अवलोकन गर्न भने नपाइने

धरहराको उद्घाटन आज, तत्काल अवलोकन गर्न भने नपाइने
काठमाण्डौ - ६ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम सकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दै हुनुहुन्छ । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ ।नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण ह...

काेराेनाका कारण पाँचको मृत्‍यु , थप २५५९ जनामा संक्रमण पुष्टि

काेराेनाका कारण  पाँचको मृत्‍यु , थप २५५९ जनामा संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ । काठमाड...

पुरानो मेडिकल कलेजमा   कोरोना सङ्क्रमितको मृत्यु

पुरानो मेडिकल कलेजमा   कोरोना सङ्क्रमितको मृत्यु
चितवन । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगञ्जमा दुई न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना पुष्टि

वीरगञ्जमा दुई न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना पुष्टि
वीरगञ्ज । जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बुधवार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शङ्कास्पद १ सय ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । सङ्क्रमितमध्ये दुई न्यायाधीश, १२ उच्च अदालतका कर्मचारी, २४ जना महिला छन् ।पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साका ७९ सङ्क्रमि...

सरकारद्धारा अस्ट्रेलियासहित ५ देशमा आजदेखि नो अब्जेक्सन लेटर दिन बन्द

सरकारद्धारा अस्ट्रेलियासहित ५ देशमा आजदेखि नो अब्जेक्सन लेटर दिन बन्द
काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले आज बिहीबारदेखि अस्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बनधी आदेश जारी भइसकेको अवस्थामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलद्वारा बुधबार जारी सूचनामा उल्लेख छ । सूचनामा...

नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा सीता श्रेष्ठ सहित २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा सीता श्रेष्ठ सहित २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
पुनम गौतम पोर्तुगल । नेपाली नारी समाज पोर्तुगलको तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । कोरोना महामारिले विश्व आक्रान्त बनिरहेको बेला समाजले सबैलाई समेट्ने गरि जुम भर्चुअलबाट अधिवेशन गरिएको हो । अधिवेशनले सीता श्रेष्ठ (शिवानी) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले(डि.सि), जानकी सुवेदी(पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएका छन् । त्यस्तै कल्पना कार्की र मोनिका भुसाल सचिबमा चयन ...