Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

वीरगञ्ज । जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बुधवार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शङ्कास्पद १ सय ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये दुई न्यायाधीश, १२ उच्च अदालतका कर्मचारी, २४ जना महिला छन् ।पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साका ७९ सङ्क्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।४ देखि ७८ वर्षका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया