Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ ।मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयो।

मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो ।प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया