×

समाचार

गायक प्रेमध्वज प्रधानको निधन

गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् । ८२ वर्ष...

कोरोना बढेपछि जनगणना तत्कालका लागि स्थगित

कोरोना बढेपछि जनगणना तत्कालका लागि स्थगित
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औ जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित भएको छ ।कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा पुष्पराज कँडेलले जानकारी दिए । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो । ‘अहिले गणकहरूलाई खटाउने अवस्था पनि छैन , सही तथ्याङ्क पनि आउन सक्दैन । मान्छे डराएकाले विवरणहरू संकलन गर्न कठिन अवस्था भएको हुँदा जनगणना ह...

आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु

आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु
काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

बाँकेमा र कञ्चनपुरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा र कञ्चनपुरमा  थप  ७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी ...

नेपालगञ्जको भेरी अस्पतालमा चिकित्सक अभाव भएपछि जुम्लाबाट पठाइँदै

नेपालगञ्जको भेरी अस्पतालमा चिकित्सक अभाव भएपछि जुम्लाबाट पठाइँदै
खलंगा।नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सक सतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भे...

पूर्व प्रधानमन्त्री खनाल कोरोना उपचारका लागि अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री खनाल कोरोना उपचारका लागि अस्पताल भर्ना
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सङ्क्रमण भएको छ । खनाल उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । अहिले उहाँलाई भर्ना गरेर विभिन्न जाँचहरु भइरहेको नर्भिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि नर्भिक अस्पतालमै उपचार भैरहेको छ ।

थप ५ हजार ७ सय ६३ लाई संक्रमण, १९ को मृत्यु

थप ५ हजार ७ सय ६३ लाई संक्रमण, १९ को मृत्यु
नवलपुर।नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षण र ५ सय ६६ जनाको एन्टिजेन गरी १४ हजार ९ सय ६९ नमूना परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ७ सय ६ जना र एन्टिजेन विधिबाट ५७ जना गरी ५ हजार ७ सय ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी दु...

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काठमाण्डौ - आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयो...