×

समाचार

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु
राँझा । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षी...

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या...

२४ घन्टा नवित्दै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु

२४ घन्टा नवित्दै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज। पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको थियो ।बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्ष...

नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था गम्भीर

नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था गम्भीर
फाइल तस्बिर। काठमाडौं ।कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ। अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर जैसवालल...

चितवनमा आज रातीदेखि निषेधाज्ञा : के खुल्ने के नखुल्ने ? (सबै सूची सहित )

चितवनमा आज रातीदेखि निषेधाज्ञा  : के खुल्ने के नखुल्ने ? (सबै सूची सहित )
भरतपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । बुधवार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर चितवनको बैठकले बैैशाख १६ गते आज रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । आज राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ । संचालन गर्न पाइने सेवाहरुः १। स्वास्थ्य, शान्ती सुरक्षा, विद्युत, दुरसंचार इन्टरनेट सेवा समेत, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यांस तथा पेट्रोलियम पदार्थ, तरकारी फलफुल, खाद्या...

काठमाण्डौमा आजदेखि लकडाउन सुरु 

काठमाण्डौमा आजदेखि  लकडाउन  सुरु 
काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ ।काठमाण्डौमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबाट घर फर्कनेको घुइँचो लागेको थियो । दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । कोरोना ...

बुधबार ४,८९७ संक्रमित थपिए, उपत्यकामा २ हजार

बुधबार ४,८९७ संक्रमित थपिए, उपत्यकामा २ हजार
काठमाडौं । बुधबार नेपालमा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् । आज मात्रै १४ हजार ८३४ परीक्षण भएका छन् । सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३,८७९ पीसीआर ९५५ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।निको हुने संख्या ७७३ जना छन् ।

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा
फाइल तस्बिर । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।सीता प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट लामो सहयदेखि पीडित छन् । सोमबार साँझ ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको बताइएको छ । आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको जानकारी गराउँदै अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छोरी गंगाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उपत्यकाबाट झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए

उपत्यकाबाट झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै करिब पाँच लाख सर्वसाधारण उपत्यका बाहिरिएको अनुमान गरिउको छ । यकिन तथ्याङ्क सार्वजनिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको यातायात व्यवसायीको अनुमान छ ।कोरोना भाइरस  महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै ...