×

समाचार

गर्भवती महिलाकाे अपरेसन गरेर बच्चा निकालियो, संक्रमित आमाकाे मृत्यु

गर्भवती महिलाकाे अपरेसन गरेर बच्चा निकालियो,  संक्रमित आमाकाे मृत्यु
पोखरा।तनहुँको भिमाद नगरपालिका–५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बसिन्।स्वास्थ्यमा सुधार नआएपछि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइन्। उनी सात महिनाकी गर्भवती थिइन्।अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उनको रिपोर्ट पोजेटिभ आयो। आइसोलेसनमा राखेर उपचारकै क्रममा उनलाई श्वासप्रश्वासमा समस्या आयो। अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले। बच्चा जन्मियो, तर शनिबार बिहानै उनको मृत्यु हुन पुग्यो।कोरोना भाइरसको संक्रमण पुष्टि भएक...

काम गरेको पैसा नदिएको झोंकमा मजदुरद्धारा व्यवसायीको हत्या

काम गरेको पैसा नदिएको झोंकमा मजदुरद्धारा व्यवसायीको हत्या
झापा।मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ।लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ। हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्।काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन्।प्रहरीका अनुसार...

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बलेवा ।बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको ...

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा संक्रमण

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा  संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।  

कोरोना संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

कोरोना संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले बुधवार ट्वीट गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो । ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तरर...

४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज काठमाडौंमा

४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज काठमाडौंमा
काठमाडौं । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

जनमाेर्चाले गण्डकीमा कांग्रेसलाई साथ नदिने संकेत : फेरी पनि मुख्यमन्त्री गुरुङ्ग नै बन्‍ने

जनमाेर्चाले गण्डकीमा कांग्रेसलाई साथ नदिने संकेत : फेरी पनि मुख्यमन्त्री गुरुङ्ग नै बन्‍ने
पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिएकी छन् । कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई ब...

अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै
फाइल तस्बिर। काठमाडौं । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ । जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ । नेपाल सरकारले चीनबाट २...

कोरोना भाइरसको महामारी बढेपछि सबै अन्तर्राष्ट्रिय उडान बन्द

कोरोना भाइरसको महामारी बढेपछि सबै अन्तर्राष्ट्रिय उडान बन्द
काठमाण्डौ-गएरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् ।कोरोना भाइरसको महामारी बढेपछि सरकारले गएरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् । दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ । मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना ...