×

समाचार

कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु

कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

नवलपुरमा भूकम्पकाे धक्का

नवलपुरमा भूकम्पकाे धक्का
गण्डकी प्रदेशअन्तर्गत लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ। लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए। भूकम्पबाट केही क्षति भए नभएको विवरण आएको छैन।

नवलपुरमा कोरोनाले थप एक महिलाको मृत्यु

नवलपुरमा कोरोनाले थप एक महिलाको मृत्यु
गैँडाकोट । नवलपुरमा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ कि ४४ वर्षीया महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा गएराति मृत्यु भएको हो । हिजो अपरान्ह ४ वजे अस्पताल भर्ना भएकि उनको राति ९ : ४० वजे ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । उनि मृगौला र कलेजको रोगबाट रहेको र कोभिड निमोनिया समेत देखिएको बताइएको छ ।

जबरजस्ती गर्न खोजेको भन्दै वृद्धको हत्या गर्ने महिला चितवन प्रहरीको नियन्त्रणमा

जबरजस्ती गर्न खोजेको भन्दै  वृद्धको हत्या गर्ने महिला चितवन प्रहरीको नियन्त्रणमा
चितवन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ का ६५ बर्षीय वृद्ध  गोपी प्रजाको हत्या गरेको अरोपमा एक महिला पक्राउ परेकि छिन ।सोहि स्थान घर भएकि ४५ वर्षीया काईली भन्ने सर्किना चेपाङलाइ चितवन प्रहरीले पक्राउ गरेको हो । बैशाख ३१ गते ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले गहिरो गरी अनुसन्धान बढाएको थियो । अनुसन्धानको क्रममा स्थानीय सर्किना ...

चितवन मेडिकल कलेजमा थप ६ जना काेराेना संक्रमितकाे मृत्यु

चितवन मेडिकल कलेजमा थप ६ जना काेराेना संक्रमितकाे मृत्यु
भरतपुर । चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कलेजले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज मृत्यु हुनेहरुमा ५ पुरुष र १ महिला रहेका छन् । त्यसैगरी कलेजको आईसीयूर भेन्टिलेटरमा गरेर कोरोनाका झण्डै २०० जना गम्भीर बिरामी रहेका छन् । मेडिकल कलेजको आईसीयूमा १४३ र भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् । गत २४ घण्टामा अस्पतालमा १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । योसँगै कलेजमा आजसम्म् कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५२ पुग...

माेटरसाईकल चाेरीकाे आराेपमा गैँडाकाेटका २ सहित तीनजना युवा पक्राउ

माेटरसाईकल चाेरीकाे आराेपमा गैँडाकाेटका २ सहित तीनजना युवा पक्राउ
नवलपुर । चितवनमा मोटसाइकल चोरी गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर वडा नं १९ शारदानगर बस्ने २० वर्षीय आकास तामाङ,  गैडाकोट ७ गैह्रीटोल स्थायी  घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने २८ वर्षीय दुर्गा पौडेल र  गैडाकोट ९ थुम्सी बस्ने २० वर्षीय सन्दिप आले रहेका छन् । उनीहरुले भरतपुर १९ का प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ नम्बरको मोटर साईकल चोरी गरेका हुन् ।मोटरसाईकल हराएको भन्ने खबर प्राप...

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा
चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०...

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा
फाइल तस्बिर । काठमाडौं । चीनले नेपाललाई दिएका १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको छ । सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् । उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने तयारी छ । तिब्बतको कुति (न्...

बागलुङमा विवाहले फैलियो कोरोना,एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा विवाहले फैलियो कोरोना,एकै परिवारका चार जनाको मृत्यु
खेमराज गौतम गलकोट । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्था...