मुख्यमन्त्री गुरुङद्धारा अस्पताल र प्रयोगशाला भवन शिलान्यास
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको आज शिलान्यास गर्नुभएको छ ।
सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
विश्वव्यापी रुपमा फलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठूल...


