×

समाचार

जसरी पनि कोरोना खोप ल्याइन्छ: प्रधानमन्त्री

जसरी पनि कोरोना खोप ल्याइन्छ: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोप ल्याइने बताएका छन्।पहिलो खोप लगाएर दोस्रो मात्रामा खोप लगाउन नपाएकाहरूलाई पनि जसरी पनि खोप ल्याएर लगाइने उनले बताए।प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। हालै चिनियाँ राष्ट्रपतिले थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सरकारले काम गरिरहेको बताए। उनले स्वास्थ्यकर्मीलगायतलाई आक्रमण गरेमा कारवाही गरिने पनि बताए।

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु
बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । ५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ...

संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज

संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज
काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ ।सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार  हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६९५० बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका ...

ट्रकको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु

ट्रकको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु
गैँडाकोट । भारतीय ट्रकको ठक्करबाट पूर्वि नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ ब्यारेजपुल नजिकै यूपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३५ वर्षका दशरथ गुप्ताको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका गुप्ताको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा दिउसो १: ३० वजे ज्यान गएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।गुप्तालाई ठक्कर दिने टकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई भनिन्- सबै नेपालीलाई पुग्ने खोप किन्न इच्छुक छौं, पहल गरिदिनुस्

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई भनिन्- सबै नेपालीलाई पुग्ने खोप किन्न इच्छुक छौं, पहल गरिदिनुस्
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोप ल्याउन दुबैतिरका राष्ट्राध्यक्षसँग पहल गरेकी छन्।मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी छन्। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका...

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै
काठमाडौँ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्री...

उपत्यकामा एक साता निषेधाज्ञा थपियो; सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

उपत्यकामा एक साता निषेधाज्ञा थपियो;  सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने
काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उम...

आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला

आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ...

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त
काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो । यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरेको छ। अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसी निर्देशक समिति रहनेछ। पूर्वरथी शर्माले नेपाली सेना र माओवादी...