×

समाचार

पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य उपचारका लागि दिल्ली प्रस्थान !

पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य उपचारका लागि दिल्ली प्रस्थान !
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ । अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकामा परवारकै सल्लाहमा दिल्ली पठा...

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु : खोज तथा उद्धार जारी

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु :  खोज तथा उद्धार जारी
काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थ...

सिन्धुपाल्चोकमा बाढीकाे बितण्डा : ५० बढी बेपत्ता,केही घर बगायो

सिन्धुपाल्चोकमा  बाढीकाे बितण्डा :  ५० बढी बेपत्ता,केही घर बगायो
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० बढि बेपत्ता भएका छन । केही घर समेत बगाएको भन्दै सोही क्षेत्रबाट मन्त्री बनेका शेरबहादुर तामाङले जानकारी दिएका छन । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् । इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्चीको तल्लो बजार क्षेत्र पूर्णरूपमा ...

नारायणीमा पानीकाे सतह बढेपछि गैँडाकोट २ का ५० परिवार घर बाहिर

नारायणीमा पानीकाे सतह बढेपछि गैँडाकोट २ का ५० परिवार घर बाहिर
सुस्मा न्यौपाने गैँडाकोट । लगातारको बर्षाका पछि नारायणी नदीमा वाढी आउँदा नवलपुरको गैँडाकोटमा झण्डै ५० परिवार घर बाहिर निस्केका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ को नारायणी टोलका ५० परिवार आफ्नो घर छाडेर स्कुल र क्याम्पसको भवनमा बसेका हुन् । गैँडाकोट नगरपालिका वडा नं. २ का अध्यक्ष ध्रुवराम पौडेलले स्थानीय महेन्द्रस्मारक आधारभूत विद्यालय र अक्सफोर्ड कलेजको भवनमा नदी किनारका स्थानीयलाई राखिएको उज्यालोलाई जानकारी दिनुभयो । नारायणी नदीमा लगातारको वर्षापछि पानीको बहाव बढेर बस्त...

बुढानीलकण्ठकाे सरकारी जग्गामा गिद्दे नजर : जनप्रतिनिधिकै मिलेमताे भएकाे आशंका !

बुढानीलकण्ठकाे सरकारी जग्गामा गिद्दे नजर : जनप्रतिनिधिकै मिलेमताे भएकाे आशंका !
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ४ मा सयौं रोपनी प्रतिजग्गा स्थानीय जनप्रतिनिधिहरुको मिलिमतोमा किनवेच भईरहेको पाइएको छ । भूकम्प अघि केहि घर मात्र बनेपनि अहिले राजनीतिक स्वार्थ र स्थानीय जनप्रतिनिधिको मिलिमतोमा लालपुर्जा बिनाकै जग्गा एकापसमा किनबेच हुने र सिफारिस समेत दिने गरेको स्थानीयहरु बताएका छन् । स्थानीयका अनुसार बुढानिलकण्ठ नगरपालिकामा वडा नम्वर ४ का वडाध्यक्षमा राजु खड्का निर्वाचित भएर आएपछि बुढानिलकण्ठ नगरपालिका वडा लिपिकोटको सार्वजनिक जग्गा लग...

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४,५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

एसईई मूल्यांकन नतिजा असार २० भित्र बुझाउनुपर्ने,विद्यालयको मूल्यांकनकै आधारमा नतिजा

एसईई मूल्यांकन नतिजा असार २० भित्र बुझाउनुपर्ने,विद्यालयको मूल्यांकनकै आधारमा नतिजा
काठमाडौं । विद्यालयहरुले एसईईको मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांक...

श्रीमानद्धारा श्रीमतीमाथि एसिड प्रहार

श्रीमानद्धारा श्रीमतीमाथि एसिड प्रहार
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएक...

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश
 पाेखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई ननिकाल्न अन्तरिम आदेश दिएको छ।आइतबार कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो।थापालाई जनमोर्चाले सांसदबाट हटाएपछि उनी सर्वोच्च पुगेका थिए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन पार्टीले निर्देशन दिए पनि थापाले मानेका थिएनन्।पार्टी ह्वीप नमानेको भन्दै थापालाई जनमोर्चाले कारवाही गरेको थियो। पार्टी सद...