सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजना पक्राउ
काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले (ज्वाला )टीका संग्रैला सँगै हिमाल उपाध्याय र शर्मिला बाइबालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।
केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भ...


