यातायात व्यवस्था कार्यालय कावासाेती आजदेखि पुन: सन्चालन
कावासोती । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय आइतबार देखि खुल्ने भएको छ ।यातायात व्यवस्था कार्यालय कावासोतीले एक सूचना जारी गर्दै आईतवारदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे सँगै यातायात कार्यालय कावासोतीले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो ।
यातायात कार्यालय कावासोतीका अनुसार आइतबार देखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाण पत्र नविकरण, सवारी जांच पास , पटके र...


