×

समाचार

माडीमा बाढी : विद्युत र सडक अबरुद्ध ( फोटो फिचर )

माडीमा बाढी : विद्युत र सडक अबरुद्ध  ( फोटो फिचर )
चितवन  – गएराति देखि परेको अबिरल बर्षाका कारण माडीका विभिन्न स्थान डुबानमा परेका छ्न भने बिजुलीको पोल ढल्दा विद्युत अबरुद्ध भएको छ । माडीका सबै खोलाहरुमा बाढी आएको र सडक समेत अबरुद्ध भएको तथा विभिन्न स्थानमा कटानका कारण क्षती समेत भएको छ । मगुइ खोलामा आएको बाढीले बिजुलीको पोल ढालेपछी आज बिहानै बाट माडी क्षेत्र विद्युत बिहिन हुन पुगेको छ । बाढीकै कारण सोही खोलाको निर्माणाधीन पुल र आसपासको क्षेत्रमा समेत क्षति गरेको छ ।माडीका चितही , मुगही , बादरमुडे , पतेरे ,परुइ , टुनामुना...

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
  नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । गयराती ८ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुंगा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक संचालन हुन समय लाग्ने उहाँले बताउनुभयो । हिजो विहान ९ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको सडक साँझ ६ बजेद...

चितवनमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायातमा जोरविजोर प्रणाली

चितवनमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायातमा जोरविजोर प्रणाली
चितवन । जिल्लामा लागू भएको निषेधाज्ञा थप केही खुकुलो बनाउँदै असार ३१ गते सम्म लम्ब्याईएको छ । सार्वजनिक यातायात जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाईने भएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा २४ गते राती १२ बजेदेखि यो आदेश जारी हुन उल्लेख छ । उल्लेखित आदेश अनुसार जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाईने छ । तर सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य रुपमा माक्स ...

सुजिता भण्डारीकाे शव अझै उठेन , प्रहरीले गहिराे अनुसन्धान गर्दै

सुजिता भण्डारीकाे शव अझै उठेन , प्रहरीले गहिराे अनुसन्धान गर्दै
चितवन । राप्ती नगरपालिका वडा नं। ३ निवासी २३ वर्षिया सुजिता भण्डारीको शव अझै उठेको छैन । प्रहरीले सुक्ष्म अध्ययनका लागि शव नउठाएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले सुक्ष्म रुपमा त्रुटीरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको...

धादिङमा पहिरो : पाँचवटा गाडी पुरिए, २ जनाको मृत्यु

धादिङमा पहिरो : पाँचवटा गाडी पुरिए, २ जनाको मृत्यु
फाइल तस्वीर काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत...

नारायणगढ-मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा, बैकल्पिक सडक प्रयोग गर्न आग्रह

नारायणगढ-मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा, बैकल्पिक सडक प्रयोग गर्न आग्रह
निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उहाँले जानकारी दिनुभयो । त्यस पछि पुनः चारकिलो र ...

मकवानपुर-काठमाडौं सडक अवरुद्ध

मकवानपुर-काठमाडौं सडक अवरुद्ध
हेटौंडा । मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद् रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कान्ति लोकपथको गरगरे र ललितपुरको भट्टेडाँडामा झरेको पहिरोका कारण अवरुद्ध रहेको छ भने अन्य सडक खण्डमा भिमफेदी गाउँपालिकाको बाधझ्वरामा बाढीसँगै आएको लेदोमाटोका कारण सडक अबरुद्ध भएको छ । पुल निर्माणको सामग्री बगायो मकवानपुरको गढी गाउँपालिकामा...

चितवनमा पहिरोले तीन घर बगायो, ३ जना बेपत्ता, दुई जनाको मृत्यु

चितवनमा पहिरोले तीन घर बगायो, ३ जना बेपत्ता, दुई जनाको मृत्यु
चितवनमा पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ र मोतिलाल चेपाङको घर पहिरोले बगाएको छ । पहिरोले सो घरहरुमा बस्दै आएका चार जनालाई बगाएको छ । जसमध्ये एक जना पुरुषको शव भेटिएको छ भने ३ जना अझै बेपत्ता रहेको राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन । पहिरोले बगाएको घरमध्ये एउटामा एक जना र अर्कोमा ३ जना रहेका थिए । यस्तै राप्ती–१२ कै फूलडाँडामा पनि लालबहादुर चेपाङको घरमा पहिरोले क्षति ...

क्यान्सर रोग अध्ययन संस्थान चितवनमै स्थापना गर्न माग गर्दै स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

क्यान्सर रोग अध्ययन संस्थान चितवनमै स्थापना गर्न माग गर्दै स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र
चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी र जनप्रतिनिधिहरुको टोलीले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेको छ । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने प्रक्रिया अघि बढाएको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । ६० प्रतिशतभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको चितवनको भरतपुरस्थित वीपी कोइर...