×

चितवन । जिल्लामा लागू भएको निषेधाज्ञा थप केही खुकुलो बनाउँदै असार ३१ गते सम्म लम्ब्याईएको छ । सार्वजनिक यातायात जोर विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्न पाईने भएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा २४ गते राती १२ बजेदेखि यो आदेश जारी हुन उल्लेख छ ।

उल्लेखित आदेश अनुसार जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाईने छ । तर सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, माक्स नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य माक्स र भाइजर लगाउनु पर्ने, सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया