×

समाचार

चाबहिलमा श्रीमानद्वारा श्रीमतीको हत्या

चाबहिलमा श्रीमानद्वारा श्रीमतीको हत्या
काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् । हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा...

बुबा र काकाले गरे १६ वर्षीय छोरीको बलात्कार

बुबा र काकाले गरे १६ वर्षीय छोरीको बलात्कार
पर्वत  । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको...

चितवनमा कडा निषेधाज्ञा : खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने

चितवनमा कडा  निषेधाज्ञा : खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने
चितवन । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको जनाएको हो । प्रशासनका अनुसार औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पू...

शाखा अधिकृतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

शाखा अधिकृतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश
काठमाण्डौ-सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डाक्टर कुमार चुडालको संयुक्त इजलासले २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश दिएको हो । आयोग विरुद्ध अर्जुन घिमिरेले दायर गरेको रिट निवेदनमा आदेश भएको हो । कर्मचारी समायोजना गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी...

२,५४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु

२,५४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

मेयरलाई कार्यकक्षमै मसाज ! मेयर भन्छन्:जेठमा बिरामी हुँदाको तस्वीर हो

मेयरलाई कार्यकक्षमै मसाज ! मेयर भन्छन्:जेठमा बिरामी हुँदाको तस्वीर हो
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ ।मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा दास कार्यालयको सोफामा आराम गरिरहेको र कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ । मेयर बेचनले भने आफू बिरामी भएपछ...

हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको नवलपुर संयोजकमा गंगा जिसी

हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको नवलपुर संयोजकमा गंगा जिसी
नवलपुर । समाजलाई सहि गोरेटो तर्फ लैजाने र भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गर्ने उदेश्यले पूूर्वि नवलपरासीमा शुसानका लागि हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको जिल्ला समिति गठन गरिएको छ । जिल्लाको गैँडाकोटमा शनिवार सम्पन्न भेलाले गंगा जिसीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकमा राजु भुसाल, सचिबमा शिब भुसाल, सह–सचिबमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा ओम प्रसाद सुवेदी, र सह– कोषाध्यक्षमा गौतम श्रेष्ठ रहनु भएको छ । त्यसैग...

नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

नेबिको बिस्कुट कारखानामा भीषण आगलागी
काठमाडौं । काठमाडौंको बालजुस्थित औधोगिक क्षेत्र भित्रको नेविको विस्कुट कारखानामा गए रातीबाट भीषण आगलागी भएको छ । राती करीब २:३० बजेबाट शुरु भएको सो आगलागी अहिले विहानसम्म नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख आशोक सिंहले बताउनुभयो । आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए पनि आगो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइ रहेको जनाइएको छ ।

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीकाे भवन बगायो

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीकाे भवन बगायो
काठमाण्डौ - मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ। बाढी आउनु अघिको रेडियोको भवन राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन। गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भन्नुभयो ...