×

समाचार

चितवनमा माओवादीद्वारा जग्गा कब्जा

चितवनमा माओवादीद्वारा जग्गा कब्जा
चितवन । माडीको पौहारी गाउँमा ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.को गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको दावी गरेको छ । मोहन बैद्य नेतृत्वको सो पार्टीले माडी-२, पौहारीस्थित ट्वन्टीवान ग्रुपको प्लटिङमा झण्डा र ब्यानर टाँगेर जमीन कब्जा गरेको जनाएको हो । पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरुको सहभागीतामा एक संक्षिप्त कोणसभा मार्फत सो प्लटिङको जमीन कब्जाको घोषणा भएको...

बीच सडकमै प्रहरीसँग पूर्व युवराज पारस शाहको झगडा

बीच सडकमै प्रहरीसँग पूर्व युवराज पारस शाहको झगडा
काठमाडौं– पूर्व युवराज पारस शाहले बीच सडकमै ट्राफिक प्रहरीसँग झगडा गरेका छन्। हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाइरहेका बेला ट्राफिक प्रहरीले रोकेपछि उनी झगडामै उत्रिएका हुन्। शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वादविवादमा उत्रिएका हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए। हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेम...

आज साउन १५ अर्थात खिर खाने दिन

आज साउन १५ अर्थात खिर खाने दिन
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तु...

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप  ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको...

मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए
काठमाडौं । तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए ।सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं। ५ स्थित घरमा आइसकेका छन् ।‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ ।’ उनले  भने, ‘उनी अहिले घर आइपुगेका छन...

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने मन्त्रिपरिषद्को निर्णय

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने मन्त्रिपरिषद्को निर्णय
सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेको छ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ। शर्मालाई साउन २५ गतेदेखि कामुप्रधान सेनापति बनाउन लागिएको छिप्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।

माडीमा वालिका बलात्कार आरोपित एक युवक पक्राउ

माडीमा वालिका बलात्कार आरोपित एक युवक पक्राउ
चितवन  – चितवनको माडीमा एक बालिका लाई बलात्कार गरि फरार रहेका युवा लाई प्रहरीले पक्राउ गरेको छ ।माडी नगरपालिका वडा नं। १ कि ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो बलात्कार गरी फरार भएका भारत आसाम घर भै हाल बसमा सहचालकका रुपमा काम गर्ने ३० बर्षीय कृष्ण बि।क। लाई आज मंगलबार बिहान चोक बजार बाट पक्राउ गरिएको हो । बलात्कारको घटना पछि प्रहरीले हिजो साँझ बाट रातभर खोजी अभियन तिब्र बनाए सगै लुकिछिपी भागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जना...

देशका धेरै ठाउँमा पर्सिसम्म झरी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशका धेरै ठाउँमा पर्सिसम्म झरी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डौ -देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ। आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ...

बागलुङमा विषाक्त रक्सी खाँदा ४ जनाको मृत्यु

बागलुङमा विषाक्त रक्सी खाँदा ४ जनाको मृत्यु
काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी परेका ३८ ...