चितवन  – चितवनको माडीमा एक बालिका लाई बलात्कार गरि फरार रहेका युवा लाई प्रहरीले पक्राउ गरेको छ ।माडी नगरपालिका वडा नं। १ कि ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो बलात्कार गरी फरार भएका भारत आसाम घर भै हाल बसमा सहचालकका रुपमा काम गर्ने ३० बर्षीय कृष्ण बि।क। लाई आज मंगलबार बिहान चोक बजार बाट पक्राउ गरिएको हो ।

बलात्कारको घटना पछि प्रहरीले हिजो साँझ बाट रातभर खोजी अभियन तिब्र बनाए सगै लुकिछिपी भागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।

बलात्कारका आरोपित बिक लाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको र बलात्कृत बालिकालाई राती नै मेडिकल चेकजाँच गराई संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपित बिक करिब एक बर्ष अगाडी बाट माडी एक मै ससुराली घर बस्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया