×

समाचार

धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च
काठमाण्डौ - मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ । गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बि...

थारु समुदायले बड्का अटवारी पर्व मनाउँदै

थारु समुदायले बड्का अटवारी पर्व मनाउँदै
काठमाडौँ । थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् ।हरेक वर्ष भदौ महीनाको पहिलो आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुन...

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
काठमाण्डौ - आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरि मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाड...

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता
काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर गलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ । ‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले भने ।श्यामबह...

भत्ता वितरणमा देवचुली नगरपालिकामा गडवढी, स्वास्थ्यकर्मिको ध्यानाकर्षण

भत्ता वितरणमा देवचुली नगरपालिकामा गडवढी,  स्वास्थ्यकर्मिको ध्यानाकर्षण
भिम भुसाल देवचुली ।नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगडन्ते , अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुले भत्ता वितरणको आधार, मापदण्ड र विधि स्पष्ट सार्वजनिक गरि स्वास्थ्य शाखा भित्रको मनपरि विकृति र विसंगतीलाई न्युनिकरण गर्न भन्दै ध्यानाकर्षण गराएका हुन् । कोरोना नियन्त्रणमा सम्पुर्ण स्वास्थ्यकर्मी समानरुपमा खटिएकाले सोहि अनुरुपको सम...

गाउँपालिका उपाध्यक्षका देवरलाई सरकारी स्कुटर

गाउँपालिका उपाध्यक्षका देवरलाई सरकारी स्कुटर
शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् । गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाव...

अबको केही दिन लगातारजसो पानी पर्ने

अबको केही दिन लगातारजसो पानी पर्ने
काठमाण्डौ - यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपाली मनसुन निरन्तर सक्रिय छ । साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछि...

मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै

मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौल...

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प...