×

समाचार

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै
कुरिनटार । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण बन्द भएको मनकामना केबलकार आइतबारदेखि संचालनमा आउने भएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर केबलकार संचालनमा ल्याउने चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबारदेखि संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार इ–सेवा मार्फत...

मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार
फोटो सौजन्य  ज्ञानु कंडेल धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको थियो । सोमबार बिहान साढे ९ बजेको समयमा भएको दुर्घटनामा परी ३५ जना घाइते भएका थिए । जसमध्ये १६ ज...

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने
काठमाण्डौ। आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ।तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै...

जल तथा ऊर्जा आयोगको सचिवालयलाई नियमनकारी निकायका रूपमा विकास गरिन्छ’

जल तथा ऊर्जा आयोगको सचिवालयलाई नियमनकारी निकायका रूपमा विकास गरिन्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताएकी छन् । जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उनले भनिन्, ‘आयोगलाई नियमनको अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।’ कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर कामका हिसाबले सक्षम...

नवलपुरको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

नवलपुरको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
कावासोती । सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष रु चार करोड बढी रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । सङ्घीय सरकारको रु दुई कर...

वर्ल्ड लिंकले एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ !

वर्ल्ड लिंकले एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ !
काठमाडौं : आफूले आफूलाई नेपालकै नम्वर १ इन्टरनेट सेवाप्रदायक कम्पनी दावी गर्ने वर्ल्ड लिंक कम्युनिकेसन प्रालिले आफ्नै ग्राहकहरुलाई ठग्न नयाँ–नयाँ उपाय रच्ने गरेको खुलेको छ । कुनै न कुनै वहानामा ग्राहकहरुलाई आफ्नो पक्षमा पारेर उठाएको करोडौंको रुपैयाँ प्रचार–प्रसारमा खर्च गर्दै आएको वर्ल्ड लिंकले इन्टरनेट र नेट टिभी उपलब्ध गराउँदै आएको छ । ‘छिटो भनेकै वर्ल्ड लिंक’ भनेर नारा नै बनाएर प्रचार गर्ने वर्ल्ड लिंकको प्रचार अनुसार सेवा छिटो र छरितो हुनुपर्ने हो तर, अवस्था ठ्याक्कै उ...

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै
काठमाण्डौ -आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहे...

गिरुवारी खोलाको मुहान बिस्तारै बग्न थाल्यो

गिरुवारी खोलाको मुहान बिस्तारै बग्न थाल्यो
कावासोती । अविरल वर्षा पछि आएको पहिरोले थुनिएर ताल बनेको गिरुवारी खोलाको मुहान राते खोला क्रमश बग्न थालेको छ । शुक्रबार बिहान राते खोलामा पहिरो खसे पछि खोला थुनिदा ताल बनेको थियो । खोला थुनिदा बनेको ताल ओभर फ्लो भएर बिस्तारै बग्न लागेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताए । रातो माटो सहितको लेदो बिस्तारै ओभरफ्लो भएर बग्न सुरु गरेको हुँदा तत्काल खोला थुनिएर बनेको ताल फुटने सम्भावना कम रहेको अर्यालले बताए । “खोला बग्न लागेकाले जोखिम अहिलेलाई क...

देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान मह...