तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता
तनहुँ — टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी रक गार्डेन मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उ...


